राजविराज, २ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१ मा बसको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–१३ बस्ने ३० वर्षीय रिजन कोइराला रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख १९२९ नं को बसले विपरीत दिशाबाट आइरहेको उनी चढेको को २५ प ९०६१ नं को स्कुटीलाई गएराति बसले ठक्कर दिएको थियो । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार हुँदाहुदै आज विहान मृत्यु भएको बताइएको छ । रासस
––––––––
No related posts.
No comments:
Post a Comment