Wednesday, July 13, 2016

भोटेकोसी नदी कटानले थप छ घर बगायो

चौतारा, २९ असार । भोटेकोसी नदीमा साताअघि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा मङ्गलबार बेलुकादेखि आज अपराह्नसम्म थप छ वटा पक्की घर बगाएको छ भने अलपत्र सात जनाको उद्धार गरिएको छ ।

बाढीले विस्थापित भई स्थानीय चौकीडाँडामा आश्रय लिएर बसेका महिला, बालबालिका र अशक्तसमेत सात जनालाई आज हेलिकप्टरमार्फत बाह्रबिसेमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

हेलिकप्टरद्वारा क्षतिग्रस्त माथिल्लो भोटेकोसी आयोजनाको निरीक्षण गर्न गएको टोलीलाई स्थानीय प्रशासनको आग्रहमा अलपत्र सात जनालाई उद्धार गरिएको हो । त्यहाँ रहेका करिब २०० जनामध्ये कतिपय त्यहाँबाट गइसकेका छन् भने पटक–पटक गरी ८७ जनाको उद्धार गरिसकेको र अझै करिब ३०÷४० जना रहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts