काठमाडौ, ५ साउन । संकलन र संचयमा समस्या भएपछि रगतको माग र वितरणमा असन्तुलन बढ्दै गएको छ ।
यो सिजनमा हप्तै भरी रगत संकलन नहुने तर माग भने निरन्तर बढी रहने भएकाले माग र वितरणको सन्तुलन मिलाउन नसकिएको केन्द्रले बताउँदै आएको छ ।
बिदाको दिनमा तुलनात्मक बढी रगत संकलन हुने गरेपनि वर्किङ्ग डेमा रक्तदानका कार्यक्रम निकै कम मात्रै हुँदा रगतको संकलन न्यून मात्रै हुन्छ ।
जसले गर्दा ४÷५ सय युनिट रहेको दैनिक माग पुरा हुन असम्भव जस्तै हुने गरेको केन्द्रले जनाएको छ ।
संकलन नै कम भएपछि कहिले वितरण गर्नै नसकिने र कहिले तुलनात्मक रुपमा बढी वितरण भएको छ ।
रगत नभएकाले एक÷दुई दिन रगत वितरण हुन नसकेपनि हिजो भने ३÷४ सय युनिटकै हाराहारीमा वितरण भएको केन्द्रका प्राविधीकले बताएका छन् ।
आज फेरी रगतको संचय अत्यन्तै न्यून रहेको छ । रक्तसन्चार केन्द्रले अहिले ए, बी ओ र एबी पोजेटिभ तथा तिनका नेगेटिभ गरी ८ वटा गु्रप, त्यसको ६ वटा कम्पोनेन्ट वितरण गर्दै आएको छ ।
रगतको संकलन प्रभावकारी नहुँदा अभाव हुन नदिन शोधभर्नालाई बढावा दिईएको केन्द्रले बताएको छ । बढी अभाव हुने एबी पोजेटिभ र सबै नेगेटिभ समूहको रगतको माग भएको अवस्थामा दाता खोज्नुपर्ने बाध्यता रहेको छ ।
Wednesday, July 20, 2016
संकलन र संचयमा समस्या भएपछि रगतको माग र वितरणमा असन्तुलन बढ्दै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment