Wednesday, July 20, 2016

कार्यकर्तालाई अभिवादन गर्दै घर फर्कनुभयो शशाङ्क

काठमाडौँ, साउन ५ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला आज घर फर्कनुभएको छ । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उहाँ आज घर फर्किनुभएको हो ।

सयौँ कार्यकर्ता र शभेच्छुबीचमा कार्यकर्तालाई हात उठाई अभिवादन गर्दै उहाँ अस्पतालबाट बाहिरिनुभएको थियो ।

उहाँलाई डा भोला रिजाल, डा हरिश जाशी, पत्नी डा सुपात्रा कोइरालाले समाएर बाहिर गाडीसम्म ल्याउनुभएको थियो ।

असार २१ गते स्वास्थ्य अचानक गम्भीर भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका कोइरालालाई एक हप्तापछि फ्लोअप जाँचका लागि बोलाइएको डा रिजालले जानकारी दिनुभयो ।

महामन्त्री कोइरालाले आफ्नो उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिएको पनि डा रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “अहिले उहाँ पूर्णरुपमा निको हुनुभएको छ । उहाँलाई एक महिला जति आरामको आवश्यकता छ । अझै केही दिन औषधि पनि खानुपर्ने भएकाले धेरै धपडी हुने काम नगर्न सल्लाह दिएका छौँ ।”

महामन्त्री कोइरालालाई टोखास्थित निवासमा लगिएको छ । उहाँलाई लिन केन्द्रीय सदस्या डा मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत सयौँ कार्यकर्ता ओम अस्पतालमा पुग्नुभएको थियो ।

महामन्त्री कोइरालाले साधारण खानपान गरिरहनुभएको छ । उहाँको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताउनुभयो ।

उहाँको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सकको टोली खटिएको थियो । डा कोइरालाको उपचारमा उहाँकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts