Saturday, July 2, 2016

फुटबलको उपाधि भगवती युवा क्लबलाई

काठमाडौँ, १८ असार । गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनुभएका पूर्व सांसद एवम् नेपाली काँग्रेसका नेता चक्रबहादुर ठकुरीको स्मृतिमा सम्पन्न प्रथम क्षेत्रीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि भगवती युवा क्लब, गोकर्णेश्वर–१६ ले जितेको छ ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलमा सम्पन्न फाइनल प्रतियोगितामा साँगा बोर्डर युथक्लब काभ्रेलाई ५–४ गोल अन्तरले पराजित गर्दै भगवती क्बले उपाधि जितेको हो । खेलमा पहिलो अग्रता भने १५ औँ मिनेटमा विकास श्रेष्ठको गोल मार्फत साँगा युथ क्लबले लिएको थियो तर ५६ औँ मिनेटमा भगवतीका सन्तोष काफ्लेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट कुनै गोल भएन र खेल ट्राइबेकरमा पुगेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार जितेको छ भने दोस्रो भएको साँगाले रु २५ हजार पाएको छ । विजयी खेलाडीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

गत वर्षको वैशाख १२ गतेको भूकम्पका बेला रसुवाबाट काठमाडौँ फर्कँदा भूकम्पसँगै आएको पहिरोमा परी ठकुरीको मृत्यु भएको थियो ।

बालसेवा केन्द्र गोकर्णेश्वर–५ द्वारा गत जेठ ३१ गतेदेखि आयोजित प्रतियोगितामा उपत्यका र काभ्रेका गरी २३ क्लबको सहभागिता थियो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts