राजविराज, १४ साउन । अवैध रुपमा जङ्गली पक्षीको भुत्ला बसमा लगिँदै गर्दा प्रहरीले दुई व्यक्तिलाई आज पक्राउ गरेको छ ।
धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १५२३ नंको बसमा करिब सात बोरामा राखिएको जङ्गली पक्षीको भुत्ला लगिँदै गरेको अवस्थामा सप्तरीको कञ्चनरुप नगरपालिकाको राजमार्गमा तिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ निवासी सुवेदारप्रसाद गुप्ता र पिन्टु गुप्ता रहेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
बरामद गरिएको पक्षीको भुत्ला र अभियुक्तलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ । रासस
No comments:
Post a Comment