Friday, July 29, 2016

फुटपाथ मर्मतको काम नब्बे प्रतिशत

काठमाडौँ, १४ साउन । काठमाडौँ महानगरपालिकाले झन्डै दुई वर्षअघिदेखि सुरु गरेको फुटपाथ मर्मत सम्भारको काम झन्डै ९० प्रतिशत सम्पन्न भैसकेको जानकारी गराएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार सार्क शिखर सम्मेलनको समयदेखि सुरु गरेको सिंहदरबारदेखि दशरथ रङ्गशाला, त्रिपुरेश्वरदेखि सिभिल मल, जमलदेखि निर्वाचन आयोगको कार्यालय, नारायणहिटी दरबार वरिपरि र राष्ट्रियसभा गृहको वरिपरि काम सम्पन्न भइसकेको छ ।

फुटपाथ निर्माण गरिसकेको केही स्थानमा रेलिङ र गमलामा फूल राख्ने काममात्र बाँकी रहेको र ती काम पनि केही समयभित्रै सक्ने प्रवक्ता कार्कीको भनाइ छ । कामपाको भवन निर्माण महाशाखा प्रमुख सुरेश शाक्यका अनुसार सार्क सम्मेलनकै समयमा फुटपाथ निर्माणको काम सकिइसकेको तर सिंहदरबार अगाडि भूकम्पका कारण केही टुटफुट हुन गएकाले मर्मतसँगै बस्नका लागि केही बेञ्च राख्ने काम पनि भइरहेको छ ।

हालसम्म मर्मत गरिएका फुटपाथका लागि रु १० करोड खर्च भएको छ । प्रमुख शाक्यका अनुसार मर्मत गरिएका सबै फुटपाथ शारीरिकरुपमा अशक्त व्यक्तिलाई सहयोग हुने गरी बनाइएको छ । काठमाडौँको दिगो सहरी व्यवस्थापन कार्यक्रमअन्तर्गत मर्मतको काम सुरु गरिएको हो । रासस शर्मिला पाठक
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts