सुरुङ्गा (झापा), १ साउन । झापाको गरामनीमा आज पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरामनी–२ निवासी ३४ वर्षीय लुखीराम सोरेन रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
स्थानीय चन्द्रबहादुर लिम्बूको माछापोखरीमा नुहाउन गएका सोरेनलाई स्थानीयवासीले पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
––––––––––
No comments:
Post a Comment