Monday, July 25, 2016

जिप दुर्घटनामा परी नौ जना गम्भिर घाइते

हेटौँडा, १० साउन । काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४७०२ नंको सुमो जिप त्रिभुवन राजपथअन्तर्गत भैंसे–७ को खोप्लाङमा आज अपरान्ह दुर्घटना हुँदा सो जीपमा सवार नौ जना गम्भिर घाइते भएका छन् ।

घाइतेलाई प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

प्रहरीले फरार जिप चालककोे जोखी गरिरहेको छ भने घाइतेको अझै सनाखत हुन सकेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts