Wednesday, July 20, 2016

सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित भए एमाले प्रतिपक्षमा बस्न तयार

काठमाडौ, ५ साउन ।  नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित भए एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताएको छ ।
आज रिपोटर्स क्लबले गरेको साक्षात्कारमा सचिव भट्टराईले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने प्रष्ट पार्दै प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्ने बताए ।
भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे ।
मुलुकमा यतिबेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै सचिव भट्टराईले प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे ।
अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने भट्टराईले बताए । नेपाली काँग्रेसका नेता डाक्टर प्रकाशशरण महतले संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको दाबी गरे ।
सत्तारुढ दलले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको दाबी गर्दै उनले त्यसको विकल्पमा नयाँ सरकार बनाउनु स्वभाविक भएको तर्क गरे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको डेलिभरी नगरेको आरोप महतले लगाए । तर नेता महतले संविधान कार्यान्वयन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुवीच एकता हुुनुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका नेता एवम् निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको खुलासा गरे । ‘काँग्रेसले हामीलाई समर्थन गरिक्यो, अब एमालेले पनि हामीलाई सहयोग गर्नुपर्छ, रायमाझीले भने, विगतमा हामीले एमालेलाई ९ महिना सहयोग गरेकै हो, अहिले एमालेले हामीलाई सहयोग गर्दा के बिग्रन्छ ।’

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts