Friday, July 1, 2016

हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ, १७ असार । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० घटाएको छ । अब हवाई इन्धनको मूल्य प्रतिलिटर रु ९९ हुनेछ ।

आजै रातिदेखि लागू हुने गरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेकाले निगमले सो निर्णय गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts