विराटनगर, १७ असार । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक बहुमतीय सरकारबाट अर्का बहुमतीय सरकारको आपूm पक्षमा नरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान कार्यान्यवनका लागि काँग्रेस, एमाले माओवादीलगायत प्रमुख पार्टीसहित राष्ट्रिय सहमतिको सरकार बन्ने पक्षमा आपूm रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको सम्बन्धमा उहाँले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा वा प्रधानमन्त्रीले प्रस्ताव गरेका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको छनोट हुने धारणा प्रकट गर्नुभयो ।
डा गोविन्द केसीका माग सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले केदारभक्त माथेमाको प्रतिवेदनलाई सरकारले ग्रहण गरिसकेको र चिकित्सासम्बन्धी विधेयकको तयारीमा सरकार लागेको स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment