Wednesday, July 20, 2016

अब बन्ने नयाँ सरकारकासामु ठूला चुनौती र अवसर—प्रचण्ड

काठमाडौ, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने नयाँ सरकारकासामु ठूला चुनौती र अवसर रहेको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रको नेतृत्वमा सरकार बने नेपाल राष्ट्रलाई एकताबद्ध बनाउने पहिलो चुनौती रहेको बताए ।
नयाँ संविधानमा सबैको स्वामित्व र अपनत्व महसुस गराउने र संविधान कार्यान्वयन गर्ने अर्को चुनौती रहेको प्रचण्डको भनाई छ ।
गाउँपालिका, नगरपालिका र प्रदेशको चुनाव गर्ने र २०७४ सालको माघ ७ गतेभित्र नयाँ प्रतिनिधिसभा निर्वाचित भइसक्नुपर्ने सबै नेपालीको चुनौती रहेको उनले बताए ।
त्यस्तै, भुकम्पपीडित जनतालाई पुनस्थापना गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने जिम्मेवारी नयाँ सरकारको हुने प्रचण्डले बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य दोलखाका नरबहादुर पाख्रिन लगायत दर्जनौं नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts