Sunday, July 17, 2016

नौ माओवादी कार्यकर्ता पक्राउ

इटहरी, २ साउन । प्रहरीले इटहरी–२० पकलीस्थित पूर्व –पश्चिम राजमार्गमा सवारीसाधन बन्द गर्ने नेकपा माओवादीका जिल्ला सदस्य रञ्जित राईसहित नौ जनालाई आज पक्राउ गरेको छ ।

यातायात अवरुद्ध गरेर सडकमा बसेका उनीहरुलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमूख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts