काठमाडौँ, १३ साउन । नेपाल आर्मी क्लबका करण चौधरी प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको ५२ केजी तौल समूहमा करणले नक्सालका पवन श्रेष्ठलाई पाखा लगाए ।
नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय बक्सिङ सङ्घ, नेपालद्वारा आयोजित उक्त प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका दिनेश महतो, नक्सालका सुशील थापा र नक्सालकै मदनकृष्ण डङ्गोल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दिनेशले एपिएफका सञ्जय राईलाई, सुशीलले बोसीगाउँका प्रदीप महर्जनलाई तथा मदनकृष्णले ललितपुरका तेज पुनमगरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
आजदेखि सुरु भएको सो प्रतियोगताको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र पूर्वबक्सिङ मुख्य प्रशिक्षक ओम मास्केलाई खेल सामग्री हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।
प्रतियोगितामा ११ क्लबका ५१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । रासस
No related posts.
No comments:
Post a Comment