काठमाडौँ, ४ साउन । नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको तेह्रौँ बैठक उद्योग वाणिज्यका तीनवटा क्षेत्रमा आपसी सहकार्यको सहमतिपत्रमा हस्ताक्षर गर्दै आज चीनको झोङ क्योङ सहरमा सम्पन्न भयो ।
अखिल चीन उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घका उच्च पदाधिकारी सम्मिलित उक्त बैठकपछि रणनीतिक साझेदारी सम्बन्ध, नेपाल–चीन सांस्कृतिक आदानप्रदान र निर्माण सामग्रीका क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासका कावा राजदूत हरिश्चन्द्र घिमिरेको उपस्थितिमा भएको उक्त छलफल एवम् हस्ताक्षर समारोहमा दुवै पक्षले उद्योग वाणिज्यका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वको नेपाली उद्यमी व्यवसायी र अखिल चीन उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष अन क्वीले नेतृत्व गर्नु भएको बैठकमा पर्यटन व्यवसाय, नवीकरणीय ऊर्जा र ‘हार्डवेयर’ तथा निर्माण सामग्रीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment