Tuesday, July 19, 2016

पिस प्राइज डा रेग्मीलाई

काठमाडाँै, ४ साउन । सामाजिक संस्था ‘क्रोधरहित संसार’ले यस वर्षको ‘दि डिन अफ इन्टरनेसनल पिस प्राइज–२०१६’ प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा मनोविज्ञान क्षेत्रबाट शान्ति स्थापनामा योगदान गरेका व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ । प्रा डा तुलसीराम वैद्यको संयोजकत्वमा रहेको चयन समितिको सिफारिसमा सो निर्णय भएको ‘क्रोधरहित संसार’ का अध्यक्ष देशमर्दन बस्न्यातले जानकारी दिनुभयो ।

यही साउन ८ गते ग्लोबल पिस फाउन्डेसन र ‘क्रोधरहित संसार’ ले काठमाडौँमा आयोजना गर्ने छैटौं अन्तराष्ट्रिय सम्मेलनमा सो पुरस्कार प्रदान गरिनेछ ।

सम्मेलनमा नेपाल, अमेरिका, अष्ट्रिया, युक्रेन, जापान, श्रीलङ्का, भारतलगायत सात देशका बुद्धिजिबी तथा प्राध्यापकको सहभागिता हुनेछ । सम्मेलन बृहत्तर शान्ति, संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत् व्यवस्थापन रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts