Saturday, July 23, 2016

वाग्मती किनारमा वृक्षरोपण

काठमाडौँ, ८ साउन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनारस्थित कार्यालय परिसरमा वृक्षरोपण गरेको छ ।

समितिका कर्मचारी र सञ्चालक समिति सदस्यहरुको सहभागितामा २८५ वैंस जातको बिरुवा रोपिएको बोटविरुवाविद् रामदयालप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । “हरियाली प्रवद्र्धन गर्न नदी किनारमा एकै जातको बिरुवा लगाइएको हो” – उहाँले भन्नुभयो ।

नदी किनारको ७०० मिटर लम्बाइमा वृक्षरोपण गरिएको समितिले जनाएको छ । वृक्षरोपणसँगै कार्यालय परिसरमा सरसफाइ पनि गरियो ।

सफा सहर कार्यक्रमअन्तर्गत हरियाली प्रवद्र्धन गर्नका लागि सहरी विकास मन्त्रालयले सरकारी कार्यालयबीच गरेको प्रतियोगितात्मक सरसफाइ कार्यक्रममा वाग्मती समिति प्रथम भएको छ । बढ्दो सहरीकरणसँगै हरियाली प्रवद्र्धनको महत्व र आवश्यकताका लागि सरकारी निकायको प्रयास कस्तो छ भन्ने मूल्याङ्कनमा समिति छनोट भएको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग दोस्रो भएको छ भने सामान्य प्रशासन मन्त्रालय तेस्रो भएको छ । प्रतियोगितात्मक कार्यक्रममा प्रथमले नगद स्वरुप रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रोले रु ५० हजार पाएका छन् । पुरस्कार हरियाली प्रवद्र्धनमा खर्च गर्नुपर्ने मन्त्रालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts