काठमाडौँ, ८ साउन । राष्ट्रिय युवा परिषद् नेपाल ६० जिल्लामा जिल्ला परिषद् गठन गरिएको छ ।
परिषद्को बैठकले पहिलो पटक ६० जिल्ला परिषद् गठन गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी गराउनुभयो । उहाँले युवाका गतिविधि सञ्चालन गर्नका लागि पहिलो चरणमा ६० जिल्लामा परिषद् गठन गर्दै अध्यक्ष तोकिएको बताउनुभयो ।
बर्दिया, बझाङ, मुगु, रुकुम, मनाङ, गोर्खा, बागलुङ, नुवाकोट, भक्तपुर, बारा, पर्सा, सर्लाही, खोटाङ, सोलुखुम्बु र सप्तरी जिल्लामा परिषद् गठन गर्न बाँकी रहेको छ ।
जिल्लामा राजनीतिक दलबाट तीन जना र सामाजिक सङ्घसंस्थाबाट एक जना सदस्य हुने व्यवस्था गरिएको छ ।
“पहिलो चरणमा ६० वटा जिल्लाहरुको अध्यक्ष तोक्दै गठन गरेका हौँ”, उहाँले भन्नुभयो – “अबको अर्को बैठक बाँकी १५ जिल्लाका अध्यक्षसहित सदस्य र ६० जिल्लाका सदस्य चयन गरिनेछ ।”
जिल्ला परिषद्ले जिल्ला तहमा सरकार र गैरसरकारी संस्थाबीच समन्वय गरेर युवा स्वरोगाजर, शिक्षा, खेलकुद, स्वास्थ्यजस्ता विविध क्रियाकलाप सञ्चालन गर्ने गर्छन् ।
परिषद् युवा तथा खेलकुद मन्त्रालय मातहतमा युवा गतिविधि सञ्चालन गर्नका लागि भर्खरै स्थापित सरकारी निकाय हो । रासस
No related posts.
No comments:
Post a Comment