Saturday, July 23, 2016

सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने

काठमाडौँ, ८ साउन । स्वास्थ्य मन्त्री रामजनम चौधरीले केही दिनमै सिभिल अस्पतालबाट बोनम्यारो प्रत्यारोपण सुरु गर्न लागिएको बताउनुभएको छ ।

नेपालमा रक्त सञ्चार सेवा सुरु भएको ५०औँ वर्ष पूरा भएको अवसरमा आज ब्लड डोनर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उहाँले जनताको स्वास्थ्यका लागि आफूले आफ्नो कार्यकालमा यो एक महत्वपूर्ण काम गर्न लागेको उल्लेख गर्नुभयो ।

उहाँले मिर्गाैला पीडितका लागि रेनल डायलाइसिसको व्यवस्था पनि सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ रगत सुरक्षित तरिकाबाट प्राप्त गर्नु जनताको अधिकार भएको उल्लेख गर्दै मानव सेवाको भावनाले रक्तदान गर्नेले ठूलो पुण्यको काम गरेका छन् ।”

कार्यक्रममा सय पटकभन्दा बढी रक्तदान गर्ने पाँच जनालाई कदरपत्र पनि प्रदान गरिएको थियो । नीता गेरायले १३४ पटक, वीरेन्द्रकुमार जोशीले १२२ पटक, विदुर खड्का ११० पटक, सानुबाबा घिमिरे १०२, वसन्त श्रेष्ठ १०० पटक र संयम शाहले १०० पटक रक्तदान गरेको भन्दै स्वास्थ्यमन्त्री चौधरीले कदरपत्र वितरण गर्नुभएको थियो ।

सोही अवसरमा एसोसिएसनले नेपाल रेडक्रस सोसाइटी र विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयलाई पनि कदरपत्र प्रदान गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts