Sunday, July 17, 2016

ओली सरकारले मधेश केन्द्रित दलको मागलाई टुक्कामा सीमित पारेको कर्णको आरोप

काठमाडौ, २ साउन । सद्भावनाका पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारले मधेश केन्द्रित दलहरुको मागलाई टुक्कामा सीमित पारेको आरोप लगाएको छ ।
रफत सञ्चार क्लबले आज भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा कर्णले आफूहरुको माग ओली सरकारले कुनै सम्बोधन नगरेकाले नेपाली काँग्रस र माओबादी केन्द्रको गठबन्धनलाई समर्थन गरेको बताए ।
कांग्रेस, माओवादी गठबन्धनले मधेसको माग सम्बोधनको प्रतिबद्धता जनाइएको सकेको भन्दै कर्णले सरकारमा भने अहिले नै मधेसी मोर्चा सहभागी नहुने कुरा दोहोर्याए ।
उनले दक्षिणतर्फको छिमेकीको भरमा मधेश आन्दोलन भएको भन्दै आरोप लगाउनेहरु गलत भएको टिप्पणी गरे ।
दक्षिणलाई गाली नगरे एक छाकको खान नपच्ने रोगकै कारण छिमेकी भारतसँगको सम्बन्ध बिग्रेको र यसलाई थप मलजल गर्ने काममा ओलीको प्रत्यक्ष भूमिका देखिएको नेता कर्णले आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिन बिश्वकर्माले ओली सरकारको बहिर्गमनपश्चात नयाँ सरकार गठनमा कुनै संबैधानिक जटिलता नरहेको दाबी गरे ।
‘यदी त्यस्तो संबैधानिक जटिलता भएको भए सुशिल कोइरालापछिको सरकारको नेतृत्व कसरी केपी ओलीले गर्न पाउँथे ।’ नेता विश्वकर्माले भने, ‘सत्ता लम्बाउने खेलमा लाग्नुभन्दा अविश्वासको प्रस्तावसँगै ओलीले राजीनामा दिए ओली र उनको पार्टी लगायत सबैको हितमा रहनेछ ।’

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts