Sunday, July 17, 2016

स्वेच्छाचारी चरित्रका कारण मुलुक संकटमा परेको माओवादी केन्द्रका नेता गजुरेलको आरोप

काठमाडौ, २ साउन । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी चरित्रका कारण मुलुक संकटमा परेको आरोप लगाएको छ ।
गजुरेलले प्रधानमन्त्री ओली माओवादीलाई सिद्धाउने, छलछाम गर्ने र सत्तामा टिकीरहनका लागि स्वेच्छाचारी बनेको दावी गरे ।
ओली नेतृत्वको सरकारमा कृषि बिकास मन्त्री समेत रहेका गजुरेलले प्रधानमन्त्रीको कार्यशैली निकै नराम्रो रहेको भन्दै भूकम्प पीडितलाई राहत दिन समेत उनले नचाहेको आरोप लगाए ।
सरकारको नेतृत्व गरेर समेत प्राप्त राजनीतिक उपलब्धीलाई रक्षा गर्ने भन्दा पनि प्रधानमन्त्रीले प्राप्त उपलब्धी विरुद्धका गतिविधि गरेको आरोप गजुरेलले लगाए ।
शान्ति प्रकृया टुंगोमा पुराउन, जनजीविका समस्या समाधान गर्न र माओवादीसंग भएको सहकार्यलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले नचाहँदा आफूहरुले नयाँ समिकरण बनाउनु पर्ने बाध्यता आएको नेता गजुरेलको दावी छ ।
तर एमालेभित्रका नेताहरुसंग छलफल भैरहेकाले आफ्नो दल नेकपा माओवादी केन्द्रले एमालेसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts