बनेपा, ८ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रिय सहमतिको सरकारको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घले आयोजना गरेको साहित्य र राजनीतिको अन्र्तसम्बन्ध विषयक विचार गोष्ठीमा सहभागी हुन आज बनेपा आउनुभएका बिजुक्छेले पत्रकारसँग कुरा गर्दै दलहरु एकजुट नभएका कारण राष्ट्रिय सहमति अहिले सम्भव देखिँदैन भन्नुभयो ।
अहिलेको राजनीति सम्हालिएन भने गलत बाटोमा जाने बनाउँदै उहाँले नयाँ संविधानमा संवैधानिक जटिलता भए पनि नयाँ सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि प्रगतिशील लेखक सङ्घले आयोजना गरेको साहित्य र राजनीतिको अन्र्तसम्बन्ध विषयक विचार गोष्ठीमा बिजुक्छेले प्रगतिशील हुन माक्र्सवादी नै हुनुपर्ने मान्यता गलत भएको उल्लेख गर्दै प्रगतिशील हुन कुनै पार्टीको सदस्यता लिनैपर्छ भन्ने पनि होइन भन्नुभयो । रासस
No comments:
Post a Comment