काठमाडौँ, १८ असार । नेपाली खेलकुदसँग सम्बन्धित व्यक्ति तथा विज्ञले सन् २०१८ मा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारीमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
बयानब्बेआँै विश्व खेल पत्रकार दिवस ९२ जुलाइ०को सन्दर्भ पारेर नेपाल खेलकुद पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘सागको तयारी र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरूले हालसम्म तयारीका लागि उल्लेख्य काम हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भूकम्प, संविधान निर्माण, नाकाबन्दीलगायत समस्याले सागको तयारीमा असर परेको भएपनि निर्धारित समय ९सन् २०१८ फेब्रुअरी० मै प्रतियोगिता आयोजना गर्न आफूहरू लागिपरेको बताउनुभयो ।
उहाँले सागको सफल आयोजनाका लागि आफूहरूको सरकारसँग बारम्बार कुरा गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सागको आयोजनाबारे सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउनुभयो ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घ ९एआइपीएस० एसियाका कोषाध्यक्ष नीरन्जन राजवंशीले निर्धारित समयमै साग आयोजना हुनेमा शङ्का व्यक्त गर्दै सरकारले बजेट, भौतिक पूर्वाधार, प्राविधिक पक्षलगायत विषयमा अझैसम्म पनि ध्यान दिन नसकेको बताउनुभयो ।
मञ्चका निवर्तमान अध्यक्ष अजय फुयाल, महासचिव प्रकाश तिमल्सिनाले नेपालले सागको आयोजना गर्न पाएर भौतिक पूर्वाधार निर्माण गर्ने ठूलो अवसर पाएको बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घ ९एआइपीएस०का अध्यक्ष जियानी मेर्लोले दिएको शुभकामना सन्देश सुनाइएको थियो । रासस
No related posts.
No comments:
Post a Comment