Sunday, July 17, 2016

पूर्वसहायक मन्त्री उपाध्यायको निधन

काठमाडौँ, २ साउन । पूर्वसहायकमन्त्री धर्मदत्त उपाध्यायको पार्थिव शरीरको आज पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

उनान्असी वर्षीय उपध्यायको शनिबार निधन भएको थियो । विसं १९९४ चैत ३ गते कालिकोट जिल्लाको स्युना गाविसमा जन्मनुभएका उपाध्याय कालिकोट जिल्लालाई जुम्लाबाट अलग जिल्ला बनाउने अभियानका प्रमुख अभियन्ताका रुपमा परिचित हुनुहुन्थ्यो ।

जुम्ला जिल्लाबाट एकपटक र कालिकोट जिल्लाबाट दुईपटक राष्ट्रिय पञ्चायतमा निर्वाचित उपाध्याय पञ्चायतकालमा आवास तथा भौतिक योजना मन्त्रालयको सहायक मन्त्री हुनुभएको थियो ।

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आज शोक वक्तव्य जारी गर्दै उपाध्यायको असामयिक निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ । उपाध्याय एक कुशल नेता एवम् अन्याय अत्याचारका विरूद्ध लड्ने साहसिक जुझारु व्यक्तित्व भएको वक्तव्यमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts