Sunday, July 17, 2016

‘ठूला र स्तरीय बधशाला निर्माण गरिने’

काठमाडौँ, २ साउन । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले सरकारले व्यवसायी र उपभोक्तालाई असर नपर्ने गरी ठूलो बधशाला सञ्चालन गर्न लागेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको ‘काठमाडौँ उपत्यकामा स्वच्छ र स्वस्थ्य गुणस्तरीय आपूर्ति व्यवस्था’ विषयक कार्यशालामा मन्त्री मानवीले उपभोक्ताको गुणस्तरीय सेवालाई ध्यान दिँदै सरकारले ठूला र स्तरीय बधशाला निर्माण गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो ।

मासु व्यवसायीले पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आफ्नो पेसा व्यवसायी सुधार गर्दै लैजानुपर्ने भन्दै उहाँले आयातलाई प्रतिस्थापन गरी निर्यात गर्ने लक्ष्यमा सरकार रहेको पनि बताउनुभयो ।

पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले संस्कृतिको जर्गेना गर्नु राज्यको कर्तव्य हो भने स्वस्थ मासु उपभोक्तालाई प्रदान गर्नु व्यवसायीको कर्तव्य रहेको औँल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts