काठमाडौँ, ४ साउन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकभित्रका प्राकृतिक स्रोत प्रयोगमा ल्याएपछि कुनै देशसँग हात जोड्नु नपर्ने बताउनुभएको छ ।
मन्त्रालयको जिम्मेवारी लिएपछिको प्रतिबद्धता र सम्पादित कार्यप्रगति आज सार्वजनिक गर्दै उहाँले प्राकृतिक स्रोतको प्रयोग गर्ने हो भने देश समृद्धितर्फ बढ्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्धि बनाउन कुनै कुराको कमी नभएको बताउनुभयो ।
औद्योगिकीकरणबिना मुलुक समृद्ध बनाउन नसकिने बताउँदै उहाँले भन्नुभयो, “औद्योगिकीकरण गरेर उत्पादनलाई निर्यात बढाउने हो भने देशलाई समृद्धि बनाउन सकिन्छ ।” मन्त्री पाण्डेयले विशेष आर्थिक क्षेत्र ऐन चाँडै ल्याउन लागिएको बताउनुभयो । उहाँले खानी तथा खनिज नीति र बौद्धिक सम्पत्ति नीति निर्माण अन्तिम चरणमा पुगेको बताउँदै औद्योगिक व्यवसाय ऐन संसद्मा पेस भएको जानकारी दिनुभयो ।
उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले उद्योगीलाई जग्गाभन्दा उद्योगमा लगानी गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घकी कावा अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र समन्वय गरेर अगाडि बढे मुलुकको आर्थिक समृद्धि बढाउन सकिने बताउनुभयो । रासस
No comments:
Post a Comment