Tuesday, July 19, 2016

‘राजनीतिक समस्याको समाधान सहमतिमा’

काठमाडौँ, ४ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समस्या संवैधानिक नभएर राजनीतिक भएकाले त्यहीअनुसार सहमति खोज्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान नै अस्पष्ट भएकाले अहिलेको समस्या आएको बताउँदै संविधानले संविधान जारी भएको सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको र फेरि ०७४माघ ७ सम्म सरकार रहिरहनेछ भनेको हुँदा अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना नगरेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर प्राप्त भएको बताउँदै राजनीतिक सहमतिबाटै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफूहरु सहभागी नहुने दृढता व्यक्त गर्नुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts