Thursday, July 28, 2016

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईबीच आज भेटवार्ता भएको छ।
प्रचण्ड निवास लाजिम्पाटमा भेटमा अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निर्माण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने बताउनु भयो ।
अध्यक्ष प्रचण्डले पछिल्लो चरणमा आफै संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफु गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको बताउनु भयो । उहाँले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताउनु भयो ।
उक्त भेटका क्रममा राजदुत चुन्ताईले केही दिनभित्र प्रचण्ड नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताउनु भएको थियो । उहाँले नेपालको विकासको निम्ति चिनियाँ सरकारको प्रचण्ड नेतृत्वमा बन्ने सरकारलाई पुरा साथ, सहयोग र समर्थन रहने बताउनु भएको अध्यक्ष प्रचण्डको सचिवलयले जनाएको छ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts