Thursday, July 28, 2016

पत्रकारद्वारा राहत सङ्कलन

बागलुङ, १४ साउन । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् ।

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ताकपडा सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव दिल शिरीषले जानकारी दिनुभयो ।

महासङ्घ, ‘सन्तुलित’ साप्ताहिक, ‘परिसूचन’ साप्ताहिक र ‘कैफियत’ अनलाइनको समन्वयमा अभियान चलाइएको हो । बाढीपहिरोबाट प्रभावितका लागि थोरै भए पनि सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको सचिव शिरीषले बताउनुभयो ।

राहत सङ्कलन अभियान यही साउन २२ गतेसम्म सञ्चालन गरिने परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय रानाले बताउनुभयो । सङ्कलित राहत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रभावितसम्म पु¥याइने बताइएको छ । महासङ्घले प्रभावितका लागि सक्दो सहयोग गर्न विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था र व्यक्तिलाई आग्रह गरेको छ ।

त्यस्तै जिल्ला बाहिर र विदेशमा रहनुहुने व्यक्तिले परिसूचन साप्ताहिकको नेपाल बैंकमा रहेको खाता नं ०२२००१०११३८५८००००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था समेत गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts