Monday, July 11, 2016

‘क्रान्तिकारीको विकल्प क्रान्तिकारी माओवादी’

इटहरी, २७ असार । क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारीको विकल्प बन्दै गएको जिकिर गर्नुभएको छ ।

इटहरीस्थित पार्टी कार्यालयमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेता गजुरेलले अरुले कम्युनिष्टको खोलमात्र ओढेको र जनता झुक्याएर संसदीय भासमा डुबेको आरोप लगाउनुभयो ।

पार्टी विभाजनपछि अवसरवादी र सच्चा कम्युनिष्टको कित्ता छुट्टिएको बताउँदै उहाँले भूगोलमा त्यसको कुनै प्रभाव नपरेको बताउनुभयो । उहाँले अहिलेको सरकार भ्रष्टाचार बेथिति र कालोबाजरीलाई संस्थागत गर्न लागिपरेको आरोपसमेत लगाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts