Monday, July 11, 2016

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर, २७ असार । बसको ठक्करबाट आज मोरङमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विराटनगर–१४ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ख ९१६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को३प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोरङको नोचा–४ का लालचन चौंधरीको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts