वालिङ, ७ साउन । पहिरोमा पुरिएर चापाकोट नगरपालिका–९ ठाँटीभञ्ज्याङमा आज दुई किशोरको ज्यान गएको छ ।
इलाका पहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक बालबन्धु बस्नेतका अनुसार चापाकोट–९ बस्ने वर्ष १२ का समीर शाही र सोही ठाउँका वर्ष १४ का अञ्जन मल्लको पहिरोमा पुरिएर ज्यान गएको हो ।
घर नजिकैको पधेरामा हात खुट्टा धुन जाने क्रममा माथिबाट आएको पहिरोले दुवै जनालाई पुरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment