Saturday, July 9, 2016

विष्णुमतीबाट पचपन्न मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ असार । विष्णुमती सफाइको १०० हप्तामा आज नदी किनारका १२ स्थानमा सफाइ गरी ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विसं २०७१ जेठ १५ गतेदेखि विष्णुमती सफाइ महाभियान पनि सुरु भएको थियो । महाभियानको १०० हप्ताका अवसरमा आज विष्णुमतीको मुहान बूढानीलकण्ठ, विष्णुमती पुल बालाजु, नयाँ बसपार्क, चःमती पुल, शोभाभगवती, डल्लुपुल, दमाईं टोलको पुल, टङ्केश्वर पुल, कुलेश्वर र विष्णुमती एवम् वाग्मतीको दोभानमा दुईतिर गरी १२ स्थानमा सफाइ गरिएको विष्णुमती सफाइ महाभियानका संयोजक अनिल धरेलले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, वाग्मती सफाइ महाभियानका अभियानकर्मी लीलामणि पौडेल, पूर्वसचिव किशोर थापा, कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह, समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठ तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कामपा, अधिकारसम्पन्न वाग्मती समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो ।
वाग्मती सफाइको १६५औँ हप्ताका अवसरमा आज वाग्मतीका विभिन्न स्थानमा सफाइ गरिएको छ कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले उपत्यकाका सबै नदी किनारका दायाँबायाँ ढल राखी प्रशोधन केन्द्र निर्माणको तयारीमा लागिएको जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts