Friday, July 8, 2016

छिट्टै चिनियाँ इन्धन नेपाल आउने

भक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गर्नुभयो । सो सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उहाँले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts