काठमाडौँ, ३१ असार । कथाकार खेमराज पोखरेल र कवि रामहरि दाहालद्वारा लेखिएको चार वटा पुस्तकको आज एकैसाथ विमोचन भएको छ ।
मोलुङ फाउनडेसनद्वारा यहाँ आज आयोजित कार्यक्रममा खेमराज पोखरेलले लेख्नुभएको ‘पछ्यौरीको आइसक्रिम’ र ‘दह्रो लौरो’ तथा दाहालले संस्कृतमा लेख्नुभएको ‘गतो मदियो ननु कुत्र देश’ र ‘अमरभारती गोरवम्’ विमोचन भएको हो ।
कृतिको विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले संस्कृत अमर भाषा रहेकाले यसको संरक्षण गर्नु सबैको साझा कर्तव्य रहेको बताउनुभयो । पोखरेलद्वारा लेखिएका कृतिको विश्लेषण गर्दै डा कुमार कोइरालाले परदेशमा रहेको नेपालीको जीवन भोगाइ र देशलाई उन्नति कसरी गर्ने भन्नेबारे लेखिएको पुस्तक मननयोग्य रहेको धारणा राख्नु भयो ।
विष्णुप्रसाद देवकोटाले रामहरि दाहालका कृतिमाथि समीक्षा गर्दै संस्कृत शिक्षाभित्र रहेर मानव ज्ञानका बारेमा व्याख्यासँगै शास्त्रका व्यावहारिक ज्ञानसमेत लेखिएको उक्त पुस्तक राम्रो रहेको चर्चा गर्नु भयो । रासस
No comments:
Post a Comment