काठमाडौँ, १० भदौ । नवनियुक्त वन तथा भू संरक्षणमन्त्री शङ्कर भण्डारीले वन मन्त्रालयअन्तर्गतका विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।
आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री भण्डारीले कर्मचारीलाई नियमित कार्यालयमा आएर आफ्नो कामकारबाही गर्न आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “तपाइँलाई समस्या परेमा आफ्नो उचित र जायज माँग मलाई भन्नुहोस् मैले गर्नसक्ने समाधान गर्छु तर इमान्दार भएर काम गर्नुहोस् ।”
मन्त्री भण्डारीले वन तथा भू क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीपरिषद्को वैठकमा खेल्नुपर्ने भूमिका खेल्न आफु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुननिर्माणमा काठको आवश्यकता रहेको हुँदा आफ्नो कार्यकालमा काठ उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले सामुहिक प्रयत्नमार्फत सबै समस्या समाधान हुने भन्दै सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको कार्यप्रगतिको बारेमा समय समयमा समिक्षा गर्नु आवश्यक रहेको बताउनुभयो ।
रासस
Friday, August 26, 2016
विभागको संरचनालाई व्यवस्थित गर्न निर्देशन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment