मानबिय बिकासको महत्वपूर्ण पाटोको रुपमा रहेको शिक्षा क्षेत्रलाइ समय सापेक्ष परिबर्तन गर्न जरुरि देखिन्छ। जसमा सभ्य, उन्नत, गतिशील, चेतनशील र सिर्जनशील समाजको निर्मार्ण गर्ने एवं देश लाई बिज्ञान र प्रविधिको बाटोमा अगाडी बढाउन साथै समृद्ध देश निर्माणको लागी तथा देशमा नया पुस्ता निर्माण गर्न शिक्षा नै पहिलो ढोका हो । भन्ने नाराका साथ पाल्पाली समाज युएईले कार्यक्रम सुरुवात गरेको छ |
यसैलाई मध्यनजर गर्दै, हामी बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक युएईमा रहेका पाल्पालीहरुलाइ गोलबन्द गर्दै युएईमा गठन गरेको पाल्पालीको छाता संगठन पाल्पाली समाज युएइले शिक्षा क्षेत्रलाइ बिषेस ध्यान दिदै गरिब एवं जेहन्दार विधार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उदेश्यले पाल्पाली समाज युएई को बार्षिक कार्ययोजना अनुरुप पाल्पा जिल्लामा रहेका सबै गा.बि.स.मध्ये “एक गा.बि.स. एक बिधालय छनोट गर्दै प्रत्येक बिधालय मा रु २५००० हजार को अक्षय कोष स्थापना को लागि रकम हस्तारण गर्ने निर्णय अनुरोप पहिलो चरणको कार्यक्रम’ मिति २०७३ भाद्र ७ का दिन श्री अकला नि.मा.बि सिलुवा २ तामाखानी सहयोगार्थ रकम ने.रु २५००० एक कार्यक्रम गरि समाजका ओम कुमारी खाँणको रोहबरमा ,बिध्यालयका धनवीर हिस्की,प्र.अध्यापक राजेन्द्र प्रसाद ढकाल,स्कूलबस्थापन समितिका नोक बहादुर जर्घा,हुमनाथ पङ्गेनी,वेस नेपाल सहजकर्ता भुपाल आले मगर,विशेष सहयोगि समाजसेवी सीता डोटेल लगायत समाज सेविहरुको उपस्थिति तथा बिधार्थीहरुको उल्लेख्य सहभागितामा पाल्पाली समाजको अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको थियो ! समाजकि उपाध्यक्ष ओम कुमारी खांडको तर्फ बाट व्यक्तिगत ने.रु ५००० दिदै भविष्यमा एउटा ल्यावट्प पनि बिध्यालयलाई सहयोग गर्ने घोषणा गरेको जानकारी समाजका महासचिव बेद अर्याल ले गारायेका थिए ।
Friday, August 26, 2016
पाल्पाली समाज युएई को सहयोगको सुरुवात
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment