Tuesday, August 9, 2016

राप्रपासँगको एकीकरणको अध्याय टुङ्गियो : अध्यक्ष थापा

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरणको अध्याय एकता नभई अन्त्य भएको बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुवै पार्टीबीच आज हुने भनिएको एकीकरण राप्रपाको सत्तामोहका कारण हुन नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले केही दिनअगाडि आफू र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले दुवै पार्टी आज एकीकरणका लागि समझदारी पत्रमा दस्तखत गरेको स्मरण गर्दै दुई साताभित्र संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने विषयमा निर्णय लिने सहमति भएकामा सोमबार राप्रपाले सहमति उल्लङ्घन गरी एकतर्फी निर्णय गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मुलुकको राष्ट्रियता सङ्कटमा छ, नेपालीको निर्णय क्षमतालाई अवरोध गरिएको छ, त्यसैले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो छ । हामी राष्ट्रलाई माया गर्ने कुनै पनि शक्तिसँग एकीकरणका लागि प्रयत्न गर्छौं ।”

सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र नेपालीको निर्णय क्षमताको संरक्षणका दृष्टिले आगामी दिन चुनौतीपूर्ण रहेकाले आफूहरु सरकारमा नजाने प्रस्ट पार्नुभयो । ९श्रव्य सामग्री समावेश छ० रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts