Monday, August 22, 2016

चौध सडकमा इजाजतका लागि प्रस्ताव

त्रिशूली(नुवाकोट), ६ भदौ । ‘रुट परमिट’ बिना नै बस सञ्चालन भइरहेका १४ सडकमा वैधानिकता दिन प्रस्ताव गरिएको छ ।
यहाँ बर्साैँदेखि सार्वजनिक यातायात सञ्चालन भइरहेको १४ सडकलाई रुट परमिटका लागि प्रजिअ विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा आज बसेको यातायातसम्बन्धी जिल्लास्तरीय समितिले यातायात व्यवस्था कार्यालय वाग्मती, ललितपुरमा प्रस्ताव पठाएको छ । समितिको बैठकले तीन सडकलाई बाहै्र महिना र ११ सडकलाई हिउँदको छ महिना बस सञ्चालनका लागि रुटपरमिट दिन प्रस्ताव गरेको हो ।
अहिले यहाँ पासाङल्हामु राजमार्ग र त्रिशूली–गल्छी सडक खण्डमा मात्र इजाजत लिएर वैधानिक रुपमा गाडी सञ्चालन हुँदै आएको छ । अब एकै साथ १४ सडकमा इजाजत दिनका लागि प्रस्ताव गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts