जमिना (चाड), २५ साउन । चाडका वर्तमान राष्ट्रपति इद्रिस डेबी इत्नोले आफ्नो पाँचौँ पाँचवर्षे कार्यकालका लागि पुनः शपथ ग्रहण गर्नुभएको छ । गत अप्रिल १० का दिन भएको निर्वाचनमा बिजयी भएपछि उहाँलाई पद तथा गोपनीयताको शपथ लिन लगाइएको हो ।
राजधानी जमिना स्थित एक स्थानीय होटेलमा भारी सङ्ख्यामा तैनाथ गरिएका प्रहरी सुरक्षाबीच उक्त शपथ ग्रहण समारोह सम्पन्न भएको जनाइएको छ । सो समारोहमा अन्य चौध अफ्रिकी राष्ट्रका नेताहरूको पनि उपस्थित रहेको र कार्यक्रम अवधिभर कुनै बाधा व्यवधान उत्पन्न हुन पाएन ।
सन् १९९० मा तत्कालीन राष्ट्रपति हिस्सेन हाब्रेलाई बलपूर्वक अपदस्थ गरी चाडको सत्तामा पुग्न सफल हुनुभएका वर्तमान राष्ट्रपति इद्रिसको यो लगातार पाँचौँ पटकको विजय यात्रा हो । चाडमा राष्ट्रपतिको पूर्ण कार्यकाल पाँच वर्षको हुनेगर्छ ।
यस अर्थमा, उहाँले निरन्तर छब्बीस वर्षसम्म चाडको राष्ट्रपति पद सम्हाली सक्नुभएको छ । अब एकतीसौँ वर्षसम्म सोही जिम्मेवारी बहन गर्नका लागि शपथ लिनुभएको छ ।
गत अप्रिल १० मा सम्पन्न निर्वाचनमा खसेको मतको करिब ६० प्रतिशत मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी रहेका प्रतिपक्षका नेतालाई हराई उहाँ प्रथम चरण मै सजिलै विजयी हुनुभएको थियो ।
चाडको संवैधानिक परिषद्का अध्यक्ष नागुम यामास्सुमले उहाँलाई शपथ गराउनु भएपछि राष्ट्रपति इद्रिसले एउटा छोटो सम्बोधनमा मुलुकको पूर्वाधार विकासमा आधुनिकीकरण गर्न र शान्ति सुरक्षा कायम गर्न आपूm प्रतिबद्ध रहने बताउनुभएको छ ।
“आगामी पाँच वर्षभित्र मुलुकको न्याय प्रणाली तथा सार्वजनिक प्रशासन प्रणाली दुवैमा विशेष सुधार गरिनेछ” उहाँले बताउनुभयो । सो समारोहमा उहाँले सार्वजनिक स्रोत, साधन र सरकारी खर्च सबै पारदर्शी बनाउने प्रतिज्ञा गर्नुका साथै पाँच वर्षभित्र मुलुकले तीब्र आर्थिक विकासको उपलब्धि हासिल गर्नेमा ढुक्क रहन सबैलाई आग्रहसमेत गर्नुभयो । रासस÷सिन्ह्वा
No related posts.
No comments:
Post a Comment