Tuesday, August 9, 2016

सर्पले डस्दा दम्पत्तिको मृत्यु

नवलपरासी, २५ साउन । सर्पले डस्दा आज नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ ।

भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति उनीहरुलाई सर्पले डसेको थियो । छिमेकीको सहयोगमा उपचारका लागि दुवैलाई बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दम्पत्तिको आजै एउटै चितामा दाह संस्कार गरिएको छ । बाबुआमाको मृत्युपछि उनीहरुका दुई छोराको विचल्ली भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts