दमक, २७ साउन । विद्युत् सट भई आगलागी हुँदा आज बिहान झापाको गौरादहमा रु पाँच लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
बिहान ३ बजेतिर आगलागी हुँदा गौरादह नगरपालिका–१३ थापा चौकस्थित आनन्दराज राजवंशी बस्दै आएको एउटा घर, एउटा मोटरसाइकल र घरभित्रका सबै सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।
स्थानीय केशवराज थापाको टिनको छानो भएको घरमा राजवंशीको परिवार भाडामा बस्दै आएको थियो । आगलागी विद्युत् सट भई आगलागी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment