Wednesday, August 10, 2016

चलचित्र ‘गाँठो’ चाँडै बजारमा

इटहरी, २६ साउन । नयाँ परिवेशमा मानिसको व्यक्तिगत जीवनशैली र समाजभित्रको मानवीय सम्बन्धका विषयलाई समेटेर तयार पारिएको कथानक चलचित्र ‘गाँठो’ चाँडै दर्शकमाझ आउने बताइएको छ ।

इटहरी मलमा आज आयोजित पत्रकार सम्मेलनमा चलचित्र गाँठोले नयाँ पुस्तामा त राम्रो व्यापार गर्ने तथा पुराना पुस्तालाई पनि राम्रो सन्देश दिने उद्देश्यले चलचित्र निर्माण भएको जानकारी दिइयो ।

विशेषगरी कास्कीको पोखरा र गुल्मी तथा आसपासका मनोरम दृश्यसँग रमाउँदै कलाकारले तयार पारेको चलचित्र गाँठो मानिसबीचको अन्तरसम्बन्ध कस्तो हुनु पर्दछ भन्ने कथावस्तुलाई समेटेर तयार पारिएको चलचित्रका मुख्य नायक रहेका अभय बरालले बताउनुभयो ।

चलचित्र प्रदर्शनीमा आउनुअघि विद्यालय कलेज र खुल्लातर्फबाट चित्रकार एवम् कलाकारलाई कसरी मानवीय सम्बन्धका गाँठो कसिलो वा बलियो बन्न सक्छ भन्ने विषय चित्रमार्फत अभिव्यक्त गर्ने चित्रकला प्रतिस्पर्धा गराउने कार्य पनि अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयतर्फका प्रतिस्पर्धीले २५ हजार, कलेजतर्फकाले रु ३६ हजार र खुलातर्फका प्रतिस्पर्धीले रु ५० हजार पुरस्कारसमेत प्राप्त गर्ने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts