Wednesday, August 3, 2016

बलात्कारपछि हत्या

भद्रपुर, १९ साउन । एघार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापा बुधबारे गाविस–५ स्थित मामाघर आएकी शान्तिनगर–१ का चन्द्रप्रसाद कोइरालाकी ११ वर्षीया छोरी तनुजा कोइरालालाई करणी गरी घाँटीमा छुरा प्रहार गरी हत्या गरी फरार रहेका मेचीनगर नगरपालिका–३ का राजकुमार राजवंशीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

राजवंशी विगतदेखि आपराधिक घटनामा संलग्न हुँदै आएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार यही साउन ४ गते भएको घटनापछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट मङ्गलबार पक्राउ गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts