Wednesday, August 3, 2016

सत्र हजार भन्दा बढीले अनुदान पाए

गोरखा, १९ साउन । भूकम्प प्रभावित गोरखाका १७ हजार ६३१ जना लाभग्राहीले घर बनाउन पहिलो किस्ताको रु ५० हजार अनुदान रकम लिएका छन् ।

५८ हजार ५०३ जना लाभग्राही रहेको गोरखामा ४७ हजार ४२६ जना लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको पुनःर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाका शाखा अधिकृत गुणराज भट्टराईले जानकारी दिनुभयो ।

बूढीगण्डकी प्रभावित १४ गाविस र लाप्राकवासीसँग अनुदान सम्झौता गर्न बाँकी रहेको भट्टराईले बताउनुभयो । ‘तथ्याङ्क सङ्कलन गर्दा अनुदान पाउने सूचीमा नाम प्रकाशित नभएको भन्दै १५ हजार ५१३ जनाले गुनासो दर्ता गरेका छन्’ भट्टराईले भन्नुभयो, ‘गुनासोमाथि छानविन सुरु भएको छैन ।”

बारपाक, हंशपुर, सौरपानीसहित जिल्लाका २५ गाविसका भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम बैंक खातामार्फत वितरण गरिसकिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts