काठमाडौैँ, ६ भदौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसमक्ष दैनिक पत्रिका राष्ट्रिय सञ्जालले साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकाको छुट्टै वर्ग घोषणा गरी विशेष सुविधा र आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्दै आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
सञ्जालका अध्यक्ष जेपी मायालुको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री निवास पुल्चोकमा मन्त्री कार्कीलाई भेटी भूकम्पबाट पत्रकारको क्षति भएका घरका लागि पुनःनिर्माणको व्यवस्था गर्नुपर्ने र सूचना विभाग मार्फत दिइँदै आएको लोककल्याणकारी विज्ञापन पत्रिकाको किसिमका आधारमा सबैलाई समान ढङ्गले उपलब्ध गराउनुपर्ने लगायत १६ बुँदे माग गरेको हो ।
सो अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले सञ्जालले राखेका समानुपातिक विज्ञापन लागू गर्नाका साथै लोककल्याणकारी विज्ञापनलाई दोब्बर गराउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै सञ्चारमाध्यमलाई राज्यका तर्फबाट सक्दो सहयोग र संरक्षण गरिने उहाँको भनाइ छ । रासस
No comments:
Post a Comment