Sunday, August 7, 2016

तीन दिनदेखि बेपत्ता व्यक्ति मृत फेला

बाबियाचौर ९म्याग्दी०, २३ साउन । बेनी नगरपालिका–१ रत्नेचौरबाट तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति आज मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार रातिदेखि सम्पर्कविहीन रहेका बेनी नपा–१ धिमालथरका ५१ वर्षीय मीनबहादुर राना ९रोका०को शव घर नजिकैको मकैबारीमा फेला परेको हो । मृतकको घाँटीमा गहिरो चोट रहेको र नजिकै खुकुरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

अत्यधिक मदिरा सेवन गर्ने र मानसिक रोगीसमेत रहेका रोकाको हत्या अथवा आत्महत्या के हो भनेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts