कालीकोट, २३ साउन । कालिकोटको मान्म बजार नजिकै गएको पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको ताडीमा २० मि पहिरो गएपछि सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि जुम्ला र मुगु जान हिँडेका यात्रुहरु सदरमुकाम मान्ममा अलपत्र परेका छन् ।
कडा चट्टान फुटेर पहिरो आएकाले पन्छाउनका लागि एस्काभेटर आवश्यक भएपनि अहिलेसम्म कुनै पहल भने भएको छैन ।
यता, जिल्ला प्रशासन कार्यालयले भने राजमार्गमा झरेका पहिरो पन्छाउन एस्काभेटरको खोजी भइरहेको बताएको छ । रासस
–––––––
No comments:
Post a Comment