काठमाडौँ, २१ साउन । साहित्यकाहरुले नेपालको साहित्यको विकास गर्न साहित्यकारले कठोर महेनत र परिश्रम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली शाखाले आयोजना गरेको कार्यक्रममा कवि गुणराज लुइँटेलले लेख्नुभएको ‘जलेको मन’ शीर्षक कवितासङ्ग्रहको विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य समाजलाई चिनाउने विषय भएकाले साहित्यको प्रवद्र्धन गर्न साहित्यकारले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रा डा खगेन्दप्रसाद लुइँटेल र समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली समाजमा रहेका विकृति र विसङ्गति अध्ययन र अध्यापनमा भएको प्रगतिमा निर्भर रहने बताउनुभयो ।
कवि लुइँटेलले आफूले अमेरिकामा बसेर पनि नेपाली जनताको दुःख र वेदनालाई केन्द्रविन्दु बनाई कविता लेखेको बताउनुभयो । कार्यक्रममा साहित्यकार जय छाङ्छा र समाजका महासचिव सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment